प्रहरीले एक सत्र वर्षीय चालकलाई गोली हानेर हत्या गरेपछि फ्रान्समा हिंसा भड्कियो

ट्राफिक जाँचका क्रममा फ्रान्सको राजधानी पेरिस नजिकै प्रहरीले एक १७ वर्षीय सवारी चालकलाई गोली हानी हत्या गरेपछि हजारौं अतिरिक्त सुरक्षा फौज विरुद्ध व्यापक प्रदर्शन गरिएको छ ।

मंगलबार भएको घटनापछि दोस्रो दिन पनि तनाव कायमै छ । नायल एम नाम गरेका किशोरलाई प्रहरीले गोली हानेपछि हिंसा भड्किएको हो । कार रोक्न नमानेको आरोपमा प्रहरीले चालकलाई गोली प्रहार गरेको बताइएको छ ।

दुई प्रहरी अधिकारीले गाडी रोक्न प्रयास गरिरहेको र नमानेपछि एक अधिकारीले झ्यालबाट गोली हानेको दृश्य सार्वजनिक भएको छ । किशोर माथि गोली हानेको विरोधमा स्थानीयले प्रहरी कार्यालय अगाडि नै व्यापक प्रदर्शन गरेका छन् ।

प्रहरी र प्रदर्शनकारी बीच कतिपय स्थानमा झडप नै भएको छ । प्रदर्शनकारीले सडकमा यातायात नै अवरुद्ध गरेर प्रदर्शन गरिरहेका छन् । कतिपय बस स्टेसनहरु नै ध्वस्त पारिएका छन् । प्रहरीले स्थिति नियन्त्रणमा लिन अश्रु ग्यासको प्रयोग गरेको छ ।

फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोनले नाहेलमाथि भएको गोली प्रहारलाई अक्षम्य भएको बताएका छन् । तर राष्ट्रपतिको टिप्पणीले प्रहरी युनियनहरू भएका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.