साउदीको जेद्दामा गोली चल्दा नेपाली सुरक्षाकर्मीको मृत्यु

साउदी अरेबियाको बन्दरगाह सहर जेद्दामा रहेको अमेरिकी वाणिज्य दूतावास बाहिर गोली चल्दा नेपाली सुरक्षा गार्डसहित दुई जनाको मृत्यु भएको छ । अमेरिका र साउदी अरेबियाका अधिकारीहरूले घटनाको पुष्टि गर्दै आक्रमणको अनुसन्धान जारी रहेको बताएका छन् ।

मक्का क्षेत्रका प्रहरीका प्रवक्ताले अनुसार कारमा सवार एक व्यक्ति जेद्दास्थित अमेरिकी वाणिज्य दूतावास अगाडि बन्दुक लिएर ओर्लिएपछि सुरक्षाकर्मीहरुले उनलाई नियन्त्रणको प्रयास गर्दा गोली चलेको थियो । सोही गोलीबारीमा बन्दुकधारी र नेपाली सुरक्षा गार्ड गरी दुई जनाको मृत्यु भएको अलजजिरा समाचार संस्थाले जनाएको छ ।

सो घटनामा अमेरिकी नागरिकलाई भने केही पनि नभएको अमेरिकी विदेश मन्त्रालयले जनाएको छ । अमेरिकी अधिकारीहरु साउदी अरबका अधिकारीहरुसँग सम्पर्कमा रहेको र घटनाको अनुसन्धान गरिरहेको अमेरिकी विदेश मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.