रामेछापमा ५ जना प्रहरी सहित थप ६ मा संक्रमण पुष्टि
रामेछाप- रामेछाप जिल्लामा ५ जना प्रहरी र १ जना स्वास्थ्यकर्मीसहित थप ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
२ दिन अगाडि स्वाब संकलन गरेर परीक्षणका लागि काठमाडौं पठाइएका स्वास्थ्यकर्मी र सुरक्षाकर्मीहरु मध्ये ६ जनाको रिपोर्ट पोजेटिभ देखिएको स्वास्थ्य कार्यालय रामेछापले जनाएको छ । संक्रमित मध्ये ५ जना जिल्ला प्रहरी कार्यालय रामेछापमा कार्यरत प्रहरीहरु छन् भने अर्का एक जना मन्थलीमा कार्यरत स्वास्थ्यकर्मी रहेको कार्यालयले जनाएको छ ।
संक्रमितहरु सवैजनालाई आज नै आइसोलेसनमा राखिएको र उनिहरुको सम्पर्कमा रहेका अन्य व्यक्तिहरुको पहिचाहन गर्ने काम भइरहको प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले बताउनुभयो । प्रहरी कार्यालयबाट स्वाब संकलन गरी पठाइएको ५ जना मध्ये सवैलाई पोजेटिभ देखिएको छ । कार्यालयका ५ जनामा एकैपटक कोरोना पोजेटिभ देखिएको भए पनि उच्च स्वास्थ्य सुरक्षा सर्तकता अपनाउँदै कार्यालयको दैनिक काम सञ्चालन हुने जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी प्रमुख वसन्त पाठकले जानकारी दिनुभयो ।
प्रतिक्रिया राख्नुहोस्