केदारस्युँ गाउँपालिकाले सञ्चालनमा ल्यायो कृषि एम्बुलेन्स

बझाङ- केदारस्युँ गाउँपालिकाले कृषकलाइ कृषिजन्य सामग्री ढुवानी गर्ने सहज बनाउन कृषि एम्बुलेन्स सञ्चालनमा ल्याएको छ । किसानले गाउँ घरमा उत्पादन गरेको कृषिजन्य वस्तु, र रैथानेबालीहरुको आपूर्ति तथा बिक्रीवितरणको लागि गाँउपालिकाले ‘कृषि एम्बुलेन्स’ उपलब्ध गराएको हो ।

किसान, सहकारी संस्था तथा व्यवसायीलाई सहुलियत दरमा तरकारी, फलफूल, तथा रैथानेबाली तथा अन्य उपभोग्य सामग्रीको उपलब्धतालाई सहज बनाउनका पालिका भित्र निशुल्क गाडी परिचालन गर्न लागिएको गाउँपालिकाका उपाध्यक्ष मनिसा धामिले बताउनुभयो ।

उहाँका अनुसार किसानले उत्पादन गरेका कृषि तथा पशुजन्य उत्पादनलाई सहज रूपमा बिक्री तथा ढुवानीका लागि वातावरण मिलाउने तथा पालिकाभित्रका विभिन्न वडाका गर्भवती महिला र आकस्मिक हुने दुर्घटनाका लागि समेत निःशुल्क सेवा दिनका लागि यस्तो निर्णय गरिएको हो ।

यो एम्बुलेन्स सेवाले गाउँ घरमा हुने जोखिमपूर्ण घटनालाई पनि उद्दार गर्ने सहज र छिटो हुने उपाध्यक्ष धामिले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.