ललिता निवास प्रकरण : सञ्चार सचिव राउत पक्राउ

काठमाडौँ- ललिता निवासको जग्गा किर्ते कागज बनाई किनवेच गरेको प्रकरणमा सञ्चार तथा सूचना प्रविधि सचिव कृष्णबहादुर राउत पक्राउ परेका छन ।

प्रहरीले ललिता निवास प्रकरणमा संलग्न भएको अभियोगमा उनलाई आज पक्राउ गरेको हो ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरोकी एआइजी किरण बज्राचार्यले सञ्चार सचिव राउतलाई पक्राउ गरिएको पुष्टि गर्नुभएको छ ।

२०६७ असारमा भौतिक योजना तथा निर्माण मन्त्रालयमा शाखा अधिकृत हुँदा राउतले विशिष्ट व्यक्तिहरूको निवास बिस्तार सम्बन्धमा गुरुयोजना तयार गर्ने प्रस्तावको टिप्पणी उठाएका थिए ।।

 

 

 

 

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.