भालुको आक्रमणबाट एक जना गम्भीर घाइते

संखुवासभा- संखुवासभाको मकालु बरुण राष्ट्रिय निकुञ्ज क्षेत्र मकालु गाउँपालिका–२ मा भालुको आक्रमणबाट एक जना गम्भीर घाइते भएका छन् । घाइते हुनमा मकालु–२ का ३० बर्षिय रामबहादुर राई रहेको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी निरीक्षक भुवनबावु खड्काले जानकारी दिनुभयो ।

आइतबार विहान १० बजे घर नजिकैको बारीमा काम गरिरहेका राईलाई भालुले आक्रमण गर्दा गम्भीर घाइते हुनु भएको छ । राईको अनुहार, टाउको, हात र ढाडमा गहिरो चोट लागेको प्रहरीले जनाएको छ ।

गम्भीर घाइते राईको प्राथमिक स्वास्थ्य केन्द्र मकालु–५ नुममा उपचार भईरहेको बताइएको छ । घटनास्थलबाट उपचार गराउन पाँच घण्टा बढीको पैदल दुरीमा पर्छ ।

यो क्षेत्र राष्ट्रिय निकुञ्ज भएका कारण जंगली जनावरको आंतक बढेको स्थानियको भनाइ छ । निकुञ्जका जंगली भालुको आक्रमणबाट यसै बर्ष मात्र आधा दर्जन बढी घाइते भइसकेका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.