पशुपालक किसानहरुलाई निशुल्क सोलार बितरण

रसुवा- हिमाली क्षेत्रको उच्च स्थानका खर्कमा अँध्यारोमा बस्ने पशुपालक किसानहरुलाई रसुवाको आमाछोदिङ्मो गाँउपालिकाले सोलार बितरण गरेको छ ।

खर्क उज्यालो कार्यक्रम अन्तर्गत याक, नाक चौरी, तथा भेडाबाख्रा पाल्ने ब्यावसायिक किसानहरुलाई पालिकाले निशुल्क सोलार बितरण गरेको हो ।

गाउँमा विद्युतीकरण भए पनि लेकाली चौंरी गोठ वस्ने क्षेत्रमा विद्युत अभावले मट्टीतेल, दियालो बाल्नुपर्ने बाध्यात्मक अवस्थाको अन्त्यका लागि चौरीपालक कृषकहरुलाई सौर्य उर्जा प्रणाली गाउँपालिकाले वितरण गरेको गाँउपालिकाका अध्यक्ष बुचुङ तामाङले बताउनुभयो ।

गत्लाङ, चिलिमे, ग्रे, गोल्जुङ, हाकुलगायतका गाँउपालिका पाँचवटै वडाका दुई सय बीस वटा गोठहरुका लागि सोलार बितरण गरिएको हो ।

गाँउपालिकाले सत्रलाख साठी हजार रुपैंयामा दुईवटा बत्ती बाल्न मिल्ने तथा दुईवटा सम्म मोबाईल चार्ज गर्न मिल्ने खालको सोलार खरिद गरि पशुपालन ब्यवसायीहरुलाई बितरण गरेको जनाएको छ ।

दुई वटासम्म बत्ति वाल्न सकिने भएकाले चौँरीगाईको सुरक्षा, गोठमा पनि कृषकका वालबालिकाले उज्यालोमा पढ्न लेख्‍न सहजताका साथै कृषकहरुलाई चौरीपालनमा प्रोत्साहन होस् भन्ने हेतुले सहयोग गरेको गाँउपालिकाले जनाइएको छ ।

सोलार वितरणसँगै चौरीपालनलाई व्यवसायीकरण गर्दै रात्रीको समयमा पनि दुधजन्य वस्तुको काम गर्दै दुग्ध उत्पादनहरुको व्यवस्थापन गर्न कृषकलाई सहज हुने गाउँपालिकाको विश्वास छ ।

हिमाली क्षेत्रको उच्च स्थानमा बिद्युतलाईन बिस्तार नभएको अबस्थामा सोलारले किसानलाई परेको समस्या थोरै भए पनि यसले समाधान गर्ने बिश्वास गाँउपालिकाले लिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.