नावालिकालाई सामुहिक बलात्कार गर्ने चारजना पक्राउ

सप्तरी- सप्तरीको कञ्चनरुप नगरपालिकामा एक नावालिकालाई सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले चार जना पक्राउ गरेको छ ।
जिल्लाको कञ्चनरुप नगरपालिका वडा नम्वर १२ का ४१ वर्षीय कैलाश पोखरेल, २४ वर्षीय सुदिप भुजेल, २२ वर्षीय मनोज विश्वकर्मा र २१ वर्षीय दिपेश सुवेदी पक्राउ परेका हुन् ।
गत शुक्रवार राति सोही वडास्थित धरमपुर टोलमा १७ वर्षीया नावालिकामाथि सामूहिक बलात्कार भएको र घटनामा संलग्न योजनाकारसहित चार जनालाई पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय कञ्चपुरका प्रहरी नायव उपरीक्षक दिपक कुमार राईले जानकारी दिनुभयो ।
प्रहरीका अनुसार कैलाशले नै सुदिप, मनोज र दिपेशलाई बलात्कार गर्न निर्देशन दिई आफ्नै अगाडी बलात्कार गर्न लगाएको वयानको क्रममा खुलेको छ ।
शुक्रवार मध्यराति आरोपी चारैजना नावालिकाको घरमै पसेर कोही नबस्ने छेउको घरमा लगि कैलाशको निर्देशनमा पालै–पालो सुदिप, मनोज र दिपेशले बलात्कार गरेको जाहेरीका साथै बयानबाट पनि खुल्न आएको प्रहरीले जनाएको छ ।





प्रतिक्रिया राख्नुहोस्