सेतीको अवैध दोहनः नदी भागबण्डा गर्दै उत्खनन् गरिंदै

कास्की- पोखरास्थित सेती नदीका विभिन्न घाटहरुबाट अवैध रुपमा नदीजन्य सामग्रीको उत्खनन् भइरहेको पाइएको छ । उक्त नदीस्थित याम्दी, सहश्रधारा एवम् रुद्रमहादेव घाट लगायतबाट विना टेन्डर नदीजन्य सामग्रीको जथाभावी उत्खनन् भइरहेको पाइएको हो ।

उत्खनन्‌कर्ताले विहान तथा दिउँसोको समयमा विभिन्न घरेलु औजारको प्रयोग गर्दै थुन्से तथा बोरामा सामग्री बोकेर नदीछेउ लगी थुपार्ने गरेका छन् । थुपारिएको सामग्री रातको समयमा लुकीछिपी बिक्रीवितरण हुने गरेको तटीय क्षेत्रका वासिन्दाको आरोप छ ।

ति घाटहरुबाट उत्खनन्‌कर्ताले सयौंको संङख्यामा मजदुर प्रयोग गरेर आजकल सामग्रीहरु झिकिरहेका छन् । उनीहरुले उत्खनन्‌का लागि दाजुभाईबीच जग्गा अशंवण्डा गरे जसरी नै तटीय क्षेत्रलाई बान्डो चिनेर (खोरी) भागवण्डा समेत गर्ने गरेका छन् ।

यता पोखरा महानगरपालिका भने उक्त कार्य भइरहेकोबारे बेखवर छ । महानगरपालिकाले नदीको अवैध उत्खनन् गरेको पाइए कानुनी कारवाही गर्ने जनाएको छ ।

साउन अन्तिम साता ती घाटहरुको टेन्डर खुलाउने प्रक्रियामा महानगर छ । त्यसअगाडि कसैले पनि ति घाटहरुबाट सामग्री झिक्न नपाइने महानगरपालिकाका प्रवक्ता समेत रहनुभएका पोखरा २५ हेमजाका वडाध्यक्ष मोतिलाल तिमिल्सीलाले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.