सुरक्षित मातृत्वमाथि प्रश्नः २० रुपैयाँको भातले दिन काट्दै सुत्केरी
कास्की- बच्चालाई समय–समयमा स्तनपान गराइरहनुपर्छ । त्यसका लागि आमाले प्रर्याप्त मात्रामा पोषणयुक्त आहार खानुपर्ने हुन्छ । बच्चाको बृद्धि विकासकै लागि भएपनि आमाहरुलाई झोलिलो तथा प्रोटिनयुक्त खानेकुरा आवश्यक छ ।
तर सरकारी अस्पतालमै सुत्केरी गराई उपचाररत गरिव असहाय आमाहरु २०, ३० रुपैयाँको भातले दिन धकेल्नुपरेको साथै कतिपय अवस्थामा भोकभोकै बस्नुपरेको खवरले जो कोहीको आँखा पनि रसाउने गर्दछ ।
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गत संचालिन पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको नवजात सघन उपचार कक्ष (एनआईसीयू) मा उपचाररत विपन्न, असहाय सुत्केरीको अवस्था हाल यस्तै दयनीय छ ।
२५ वेड क्षमताको उक्त कक्षमा उपचारका लागि अधिकाशं गाउँठाउँका गरिव आमा दिदीबहिनीहरु आउने गरेकोमा दैनिक ४ जनालाई मात्रै निःशुल्क खानाको व्यवस्था गर्न सकिएको प्रतिष्ठानका निर्देशक प्राध्यापक डाक्टर भरतबहादुर खत्रीले जानकारी दिनुभयो ।
त्यहाँ उपचाररत् अधिकांश सुत्केरीले उचित पोषणयुक्त आहाराको त के कुरा पेटभरी भातसम्म पनि खान नपाउँदा दैनिक आमा तथा वच्चाको स्वास्थ्य अवस्था विग्रदै गएको छ । जसकारण सुरक्षित मातृत्व माथि नै प्रश्न उठ्ने गरेको सुत्केरीको रेखदेखमा खटिनुभएका तनहुँ शुक्लागण्डकी ११ का सागर परियारले बताउनुभयो ।वाइट छ ।
प्रतिष्ठानले ४ जना सुत्केरीलाई भने विहान र बेलुकाको समयमा खाना स्वरुप दाल, भात, तरकारी, अण्डा साथै दूध दिने गरेको छ । त्यसका साथै हप्ताको मंगलवार र शुक्रवार विहान खसीको मासु पनि उपलब्ध गराउने गर्दछ ।
सुत्केरीको यस्तो अवस्थाले स्तनपान अमृत समान, वारम्बार दुध चुसाउनाले दुधको मात्रा बढ्छ, बच्चा स्वस्थ रहनका लागि आमा स्वस्थ्य रहनु जरुरी छ, आमाले अरु वेलामा भन्दा सुत्केरी अवस्थामा बढी पोषिलो खानेकुरा खानुपर्ने हुन्छ लगायतका विषयमा समेत चुनौती थपेको छ ।
संघ सरकारद्वारा संचालित प्रतिष्ठानले गत आर्थिक वर्षमा गण्डकी प्रदेश सरकार तथा पोखरा महानगरपालिकासँग पटकपटक विपन्न सुत्केरीलाई निःशुल्क खानाको व्यवस्थाका लागि पहल गरेपनि सार्थक परिणम हासिल नभएको स्पष्ट पनि पारेको छ ।
प्रतिक्रिया राख्नुहोस्