प्रयोगमा नआउदै भत्कियो कोल्डस्टोरको भवन
दाङ- दाङको पहाडी क्षेत्रमा रहेको बंगलाचुली गाउँपालिका–५ मुर्कुटीमा निर्माण गरिएको कोल्ड स्टोर भवन प्रयोग नभएरै भत्किएको छ ।
पालिकामा उत्पादित कृषी उपजहरुको भण्डारणका लागि एक करोड २७ लाखको लागतमा एक सय मेट्रिक टन क्षमताका लागि बनाइएको कोल्ड स्टोर भत्किएको हो । कमजोर जमिन भएको ठाँउमा बनाउँदा प्रयोगमा नआउँदै कोल्डस्टोर भत्किएको पालिकाले जनाएको छ ।
आर्थिक २०७६\०७७ मा बंगलाचुली गाउँपालिकाको ६० लाख, साना तथा मझौला कृषक आयस्तर बृद्धि परियोजना (रिजम) को ५४ लाख र लोहारपानी कृषि सहकारी सस्थाको १३ लाख गरी एक करोड २७ लाख खर्च गरेर कोल्ड स्टोर निर्माण गरिएकोसहकारी सस्थाका कोषाध्यक्ष गोपाल वलीले बताउनु भयो ।
निर्माण भएकै वर्ष वर्षातको पानीले कोल्ड स्टोर भत्किएको र मर्मतका लागि पालिकासँग बजेट माग गरेपनि बजेट नदिएको उहाँले बताउनुभयो । पहाडी क्षेत्रमा रहेको बंगलाचुली गाँउपालिकामा सुन्तला, अदुवा, कागती तथा अन्य तरकारीको राम्रो उत्पादन हुने गरेको छ ।
प्रतिक्रिया राख्नुहोस्