पाँचथरमा ट्याक्सी दुर्घटना हुँदा एकजनाको मृत्यु, १३ जना घाइते

पाँचथर- मेची राजमार्गअन्तरगत पाँचथरको फिदिम नगरपालिका-२ स्थीत कृष्णमन्दिर नजिक ट्याक्सी दूर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने १३ जना घाइते भएका छन् ।

झापाबाट पाँचथरतर्फ आउँदै गरेको मे १ ज १९४१ नम्बरको बोलेरो ट्याक्सी अनियन्त्रित हुँदा सडकबाट एकसय पचास मिटर तल खसेर दुर्घटना भएको हो ।

आज करिब सवा बाह्र बजेको समयमा भएको दुर्घटनामा नामथर र ठेगान नखुलेका अन्दाजी ४५ बर्षिय जनजाती अनुहारको पुरषको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।

चालकसहितको १४ जना सवार रहेको ट्याक्सी दुर्घटनामा परी सबै घाइते भएका हुन् । घाइतेहरुको पाँचथर जिल्लामा उपचार भइरहेका मध्ये केहीको उपचार हुन नसकेपछि थप उपचारको लागि जिल्ला बाहिर रिफर गरि सकिएको जिल्ला अस्पतालले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.