क्यानडाका प्रधानमन्त्री र उनकी श्रीमतिबीच सम्बन्ध विच्छेद

क्यानडाका प्रधानमन्त्री जस्टीन ट्रुडु र उनकी श्रीमति सोफीबीच पारपचुके भएको छ । दुबैजनाबीच सन् २००५ मा विवाह भएको थियो ।
सम्बन्ध विच्छेद भएपनि दुबै परिवारबीच राम्रो सम्बन्ध रहने र सामाजिक कार्यक्रमहरुमा सँगै उपस्थित हुने पनि बताएका छन् ।
आगामी साता दुबैजना पारिवारिक घुमघाममा जाने योजना बनाइरहेको पनि बताइएको छ । आफ्ना तीनजना छोराछोरीको हितका लागी आफ्नो गोपनियताको सम्मान गर्न पनि दुबैजनाले आग्रह गरेका छन् ।
विगत केही सयम यता एकैसाथ नदेखिएका दुबैजना बेलायती राजाको राज्याभिषेकमा र अमेरिकी राष्ट्रपतिको क्यानडा भ्रमणका क्रममा भने संगै देखिएका थिए । प
दमै रहेका बेलामा प्रधानमन्त्री ट्रुडुका पिता पिएरे एलिओट ट्रुडु र उनकी आमा मार्गारेट ट्रुडुबीच समेत सन् १९७७ मा सम्बन्ध विच्छेद भएको थियो ।






प्रतिक्रिया राख्नुहोस्