उत्तरी गोरखाको धार्चे र चुमनुब्रीमा लम्पी स्किनले पशुहरु धमाधम मर्न थाले

गोरखा- गोरखाको उत्तरी गाउँपालिका धार्चे र चुमनुब्रीको विभिन्न वडाहरुमा पशुहरु मर्न थालेका छन । लम्पी स्किनका लक्षणहरुसँग मिल्ने जस्तै पशुको शरिरमा  फोका उठ्ने, जिउ सुनिने र ज्वरो आउने भएपछि केही समयमा उनीहरु मरेका छन ।

गाउँपालिकाबाट पशुलाई भ्याक्सिन दिएतापनि कुनै प्रभाव नपरेको स्थानीय बताउँछन ।

वर्षायामको करणले गर्दा र बिकट वस्ती भएका कारण रोग बढिरहेको बेलामा पशु स्वास्थ्य कर्मी पुग्न सकेका छैनन ।
रोगको करणले धार्चे र चुमनुब्रीका प्रत्येक वार्डहरुमा दर्जनौँ पशु  मरिसकेका छन भने धेरै पशुहरु अहिले पनि बिरामी छन।
यही तरिकाले रोग सर्दै गएको अवस्थामा सबै चौपायाहरु मासिने हुन् कि भन्ने चिन्ता किसानहरुमा छ ।
कृषकहरुले रोग नलगेका पशुहरुलाई टाढा टाढा चरनमा पर्‍याएर छाड्ने गरेका छन । तर विकट ठाउँमा उनीहरुलाई यत्तिकै छाड्दा अर्को समस्या आउला भन्ने चिन्ता पनि स्थानीयलाई छ।
कतिपय मरेका पशुहरुलाई व्यवस्थित तरीकाले नगाड्दा दुर्गन्ध पनि फैलिएको छ।
यस बिषयमा सम्बन्धित निकायहरुले ध्यान नदिएको स्थानीयको गुनासो छ ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.