सिंहदरवारमा सभामुखसँग तीन ठूला दलका शीर्ष नेताहरुको बैठक

काठमाडौँ- सभामुख देवराज घिमिरेसँग प्रमुख दलका शीर्ष नेताहरुको बैठक सिंहदरवारमा शुरु भएको छ।

सिंहदरवारस्थित सभामुखको कार्यकक्षमा सभामुख घिमिरे , प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नेपाली काँग्रेसका सभापति एवं संसदीय दलका नेता शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी दल एमाले संसदीय दलका नेता केपी शर्मा ओली बैठकमा सहभागी हुनुभएको छ ।

तीन ठूला दलका शीर्ष नेताहरुसहित प्रमुख  सचेतक तथा सचेतकहरु पनि बैठकमा हुनुहुन्छ ।

लगातार संसदको बैठक अवरुद्द हुँदै आएपछि यसलाई खुलाउने विषयमा छलफल गर्न बैठक डाकिएको हो ।

साउन १० गते बसेको प्रतिनिधि सभाको बैठकमा प्रमुख विपक्षी दलले सुन काण्डबारे उच्चस्तरीय छानबिन समिति माग गर्दै बैठक अबरुद्ध गरेपछि त्यसपछिका दुई वटा बैठक सूचना टाँसेर स्थगित भएको थियो ।

सभामुखले साउन १५ र १६ गते प्रधानमन्त्री र विपक्षी दलका नेतासँग दुई–दुईपटक टेलिफोन संवाद गर्नुभएको थियो ।

प्रमुख दलका प्रमुख सचेतक र सचेतकहरुसँग विभिन्न चरणमा ६ पटक भन्दा बढी छलफल गर्नुभएको थियो ।

आइतबार सिंहदरवारमा प्रमुख सचेतकहरुसँग छलफल गर्नुभएका सभामुखलाई सदनको अवरोध खुलाउन शीर्ष नेताकै तहमा बैठक बस्नुपर्ने सुझाव नेताहरुले दिनुभएको थियो ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.