निर्माणाधीन सिद्धबाबा सुरुङमार्गमाथि पहिरो खसेपछि सिद्धार्थ रागमार्ग अवरुद्ध

पाल्पा- सिद्धार्थ राजमार्ग अन्तरगत तानसेन बुटवल सडक खण्डको सिद्धबाबा क्षेत्रमा निर्माणाधीन सिद्धबाबा सुरुङमार्गको माथिबाट पहिरो खस्दा सिद्धार्थ राजमार्ग अवरुद्ध भएको छ ।

उक्त राजमार्गको तिनाउ गाउँपालिका वडा नं. ३ ड्यामसाइटस्थित सुरुङमार्गको उत्तरतर्फको प्रवेश विन्दुमाथि ढुंगासहितको पहिरो खसेपछि मंगलबार बिहानैदेखि राजमार्ग अवरुद्ध भएको हो ।

प्रहरीका अनुसार लेदोसहितको ठूलो पहिरो खसेको हुँदा विहानैदेखि राजमार्ग पूर्ण रुपमा अवरुद्ध भएको हो। निरन्तरको वर्षासंगै खसेको पहिरो हटाउन सुरुङमार्ग आयोजनाको मेसिन प्रयोग गरिएको छ दोभान प्रहरी चौकीले जनाएको छ ।

पानी पर्न कम भएसंगै पहिरो पन्छाउन सुरु गरेपनि ठूला ढुंगासहितको पहिरो भएका कारण सवारी संचालन गर्न समय लाग्ने प्रहरीले जनाएको छ । सो स्थानमा साउनको पहिलो सातादेखि पहिरो खस्ने क्रम जारी रहेको छ ।

हालका लागि एकतर्फी सवारी आवागमन गर्ने गरी सडक खुलाउने प्रयास गरिएको प्रहरीको भनाइ छ । राजमार्ग अवरुद्ध हुँदा पहाड र तराईको सम्पर्क अवरुद्ध भएके छ । भने यात्रुहरु बीच सडकमा अलपत्र परेका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.