करेन्ट लागेर एक जनाको मृत्यु

कास्की- करेन्ट लागेर पोखरा–१८, सराङकोटमा एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा सराङकोट गोठादीकी ३० वर्षिया मेनुका बस्नेत थापा रहनुभएको छ ।
उहाँको घरमा पालेका कुखुरालाई दाना दिने क्रममा करेन्ट लागेर मृत्यु भएको वडा सदस्य कल्पना कार्की ढकालले जानकारी दिनुभयो ।
थापाको पोष्टमार्टम पछि बुधवार पोखरास्थित रामघाटमा अन्तेष्टी गरिएको छ । उहाँका श्रीमान् तथा नाबालक १ छोरा (११ वर्षे) र १ छोरी (७ वर्षे) हुनुहुन्छ ।






प्रतिक्रिया राख्नुहोस्