काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलसँग सभामुख देवराज घिमिरे र राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले भेटवार्ता गर्नु भएको छ ।
राष्ट्रपति कार्यालय शीतल निवासमा आज भएको भेटमा उहाँहरुबीच संसद्मा जारी अवरोध हटाउनेबारे छलफल भएको संसद् सचिवालयले जनाएको छ ।
सभामुख र अध्यक्षले सदन सञ्चालनका निम्ति गरिएका प्रयासबारे राष्ट्रपति पौडेललाई जानकारी गराउनुभएको थियो । भेटमा सभामुख घिमिरे र अध्यक्ष तिमिल्सिनाले सदनको अवरोध खुलाउन राष्ट्रपतिबाट समेत सहयोगको अपेक्षा राख्नुभएको थियो ।
प्रतिक्रिया राख्नुहोस्