निजी विद्यालय सञ्चालकको आन्दोलन स्थगन

काठमाडौँ- प्रस्तावित विद्यालय शिक्षासम्बन्धी विधेयकमा असन्तुष्ट निजी क्षेत्रका शैक्षिक संस्थाका सञ्चालकले पूर्वघोषित आन्दोलनका कार्यक्रम फिर्ता लिएका छन् ।

आफूहरुसँगको परामर्शबिना गुठीमा रुपान्तरणको विषय आएकोमा आन्दोलनको घोषणा भएकोमा सरकारका उच्चपदस्थ पदाधिकारीसँगको मौखिक सहमतिमा उहाँहरुले आन्दोलन फिर्ता लिनुभएको हो ।

उपप्रधानमन्त्री एवं रक्षमन्त्री पूर्णबहादुर खड्का, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राई, नेपाल सरकारका मुख्यसचिव डा वैकुण्ड अर्याल, शिक्षा मन्त्रालयका सचिव सुरेश अधिकारी, कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयका सचिव उदयराज सापकोटासहितको उपस्थितिमा आफूहरुसँग भएको वार्तामा सो सहमति भएको जनाइएको छ ।

निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन)का अध्यक्ष डिके ढुङ्गाना, राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोशिएसन (एन प्याब्सन)का अध्यक्ष पाण्डव हमाल, उच्च शिक्षालय तथा माध्यमिक विद्यालय सङ्घ नेपाल, (हिसान) अध्यक्ष रमेश सिलवालले आज संयुक्त विज्ञप्ति जारी गरी विद्यालय बन्दसमेतका आफ्ना विरोधका कार्यक्रम स्थगन गरिएको जनाउनुभएको हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.