नगरपालिकाका इन्जिनियर घुससहित रंगेहात पक्राउ

काठमाडौं- धनुषास्थित शहिदनगर नगरपालिकामा कार्यरत इन्जिनियर रमेश कुमार चौधरी र उनका साथी गुरुदेव यादव घुससहित पक्राउ परेका छन् ।

उनीहरूलाई बर्दिवासस्थित अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालयले एक लाख रूपैयाँ रकम र एक लाख ७५ हजार रूपैयाँको चेकसहित रंगेहात पक्राउ गरिएको हो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दीबासबाट खटिएको टोलीले शहीदनगर नगरपालिकामा कार्यरत इन्जिनियर चौधरी र चौधरीको साथी गुरुदेव यादवलाई सेवाग्राहीबाट एक लाख रुपैयाँ लिइसकेको अवस्थामा एक लाख ७५ हजारको चेकसहित पक्राउ गरेको हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.