बिबादको वीउ बन्दै बालुवा

सिन्धुपाल्चोक- सिन्धुपाल्चोकका इन्द्रावती, सुनकोशी र ब्रम्हायणी नदी किनारा, हरेक बर्ष स्थानीय, बालुवा व्यापारी र सरकारी निकायबीचको बिबादको जड बन्ने गरेको छ ।

समुदायको स्वामित्व नहुने, ठूला ब्यापारीले सानालाई खोलामा पस्नै नदिन खोज्ने र सरकारी निकाय र सन्चार माध्यमहरुले क्रसर तथा स्थानीयले लुकिछिपि नदिजन्य पदार्थको उत्खनन तथा व्यापारमा तस्करी गरेको भन्ने कुरालाई बर्षै पिच्छे प्रचार प्रसार गरिरहने हुँदा बालुवा बिबादको बिउ बन्ने गरेको हो ।

“हामीले अनुमति माग्दा नदिने र क्रसरबाट किनेर ल्याएको बालुवा हामीले चालेर ग्राहकलाई बेच्दा पनि हामीलाइ नदी दोहन र बालुवा तस्करी गरेको आरोप लगाइन्छ” चेहेरेका स्थानीय चन्द्र माझीले गुनासो गर्नुभयो ।

आफ्नो जग्गाको सिमानामा निकालेको र क्रसरबाट बिल काटेर ल्याएको बालुवामा पनि सरकारी निकाय र सन्चार माध्यमहरुले अनावश्यक प्रचार प्रसार गरिदिने गर्दा आफुहरुलाई अन्याय भएको कोठेका सुनिल श्रेष्ठको भनाइ छ ।

ठूला व्यवसायीहरुले एक ठाउँमा दर्ता गरेको क्रसर अन्यत्र लगेर चलाएका छन , सडक अतिक्रमण तथा मापदण्ड बिपरित सञ्चालन गरेका छन, ठूलाका बिरुद्ध कोहि नबोल्ने तर आफुहरुलाई हरेक बर्ष दु:ख दिने गरेको साना व्यवसायीहरुको गुनासो छ ।

क्रसरबाट ल्याएको बालुवामा अबैध रुपमा उत्खनन गरेको बालुवा मिसाएर बेच्ने, रातिराति मेसिन प्रयोग गरी निषेधित अवधिमै पनि नदी दोहन गर्ने र राजस्व छल्ने गरेको पाइएकाले अनुगमन गर्नु परेको सरकारी निकायको भनाइ छ ।

यही शुक्रबार र शनिबार गरिएको अनुगमनमा मात्रै ३२ हजार ५ सय घन मिटर शंकास्पद बालुवा र ढुवानी गर्ने सवारी साधन जफत गरिएको जिल्ला समन्वय समितिको अनुमगन टोलिले जानकारी दिएको छ ।

यस बर्षको असारदेखि हालसम्मको अवधीमा १४ एक्साभेटर, २७ ट्रिपर, ४ मिनिट्रक २ ट्याक्टर तथा केही साना बोलेरो गाडीहरुलाई कार्वाही गरिएको र यसबाट करिव ४० लाख राजश्व संकलन भएको छ ।

यस बर्षको अनुगमन प्रतिबेदन आइनसकेको र प्रतिबेदनपछि आगामी नीति तय गरिने जिल्ला समन्वय समिति सिन्धुपाल्चोकका प्रमुख कृष्णगोपाल तामाङले जानकारी दिनुभएको छ ।

सिन्धुुपाल्चोकमा निजी प्रयोजन र व्यापारिक उदेश्यका २६ क्रसर सञ्चालनमा छन । मध्य भोटेकोशी जलबिद्युतआयोजना र मध्य पहाडि लोकमार्गले भने आफ्नो प्रयोजनका लागि छुट्टै क्रसर राखेका छन ।

पछिल्ला दिनहरुमा क्रसर उद्योग दर्ता नभए पनि बालुवा धुने नाममा उद्योग दर्ता गर्ने र पछि क्रसरको रुपमा सञ्चालन गर्ने गरिएकोले कतिपय विवाद यसैबाट निस्कने गरेको छ ।

जिल्लाका मेलम्ची, इन्द्रावती, चौतारा , बलेफी , बाह्रबिसे र त्रिपुरा सुन्दरी लगायतका स्थानीय तहको महत्वपूर्ण आम्दानीको श्रोत नै नदीजन्य पदार्थ हुन ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.