मिटरव्याज पीडितहरुद्वारा आज फेरि सिरहा सदरमुकाममा प्रदर्शन

सिरहा- मिटरव्याज पीडितहरुले आज फेरि सिरहा सदरमुकाममा प्रदर्शन गरेका छन् ।खमधेशका विभिन्न जिल्लाबाट ठूलो संख्यामा सिरहा सदरमुकाम आएका पीडितले सिरहाको विभिन्न भागमा परिक्रममा गर्दै प्रदर्शन गरेका हुन् । उनीहरु प्रदर्शनपछि प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डेलाई ज्ञापनपत्रसमेत बुझाएका छन् ।

आयोग र कानून आइसकेको अवस्थामा पीडितको पक्षमा काम नभइरहेको पीडितहरुको आरोप छ । सिरहामा चर्को मिटरब्याजको धन्दा चलाउने एकजना मिटरब्याजी पक्राउ परेकी थिईन।

पक्राउ परेका मिर्चैया नगरपालिका ६ की ३५ वर्षीया सुजाता कुनैपनि हालतमा उनलाई नछाड्नका लागि मंगलबार सिरहा सदरमुकाम आएका पीडितले सिरहाको विभिन्न भागमा परिक्रममा गर्दै प्रदर्शन गरेका हुन् ।

साह माथी ममता देवी रायले प्रहरीमा दर्ता गराएको अनुचित लेनदेन सम्बन्धि मुद्दामा अदालतबाट पक्राउ अनुमति लिएर साहलाई पक्राउ गरिएको थियो । सिरहाका प्रहरी उपरीक्षक टेकुनन्द इवा लिम्बुका अनुसार उनीमाथि थप अनुसन्धान भइरहेको छ ।

साहमाथि प्रहरी र जिल्ला प्रशासनमा दर्जनौं उजुरी छ । मिर्चैया क्षेत्रमा उनी लामो समयदेखि चर्को मिटरब्याज धन्दा चलाउँदै आएकी थिइन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.