सेफ्टी ट्याङ्कीमा परेर जङ्गली हात्तीको मृत्यु

महेन्द्रनगर- कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा गए राति जङ्गली हात्तीको मृत्यु भएको छ ।

यहाँको शुक्लाफाँटा नगरपालिका–७ स्थित वातावरण मध्यवर्ती साुमदायिक वन कार्यालय परिसरमा रहेको शौचालयको सेफ्टी ट्याङ्कीमा परेर एक जङ्गली हात्तीको मृत्यु भएको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत किशोरकुमार मेहताले जानकारी दिनुभयो ।

“राति १२ बजेपछि जङ्गली हात्ती आएर सेफ्टी ट्याङ्कीमा पछाडिको खुट्टा परेर मृत्यु भएको देखिएको छ ।” प्रमुख संरक्षण अधिकृत मेहताले भन्नुभयो, “अहिले प्राविधिकसहितको टोली गएर घटनास्थल मुचुल्का सङ्कलन गर्ने काम भइरहेको छ ।”

उहाँले जङ्गली हात्ती बथानमा आएको हुनसक्ने बताउँदै मृत्यु भएको हात्ती एक्लै छुटेर त्यहाँ आएको हुनसक्ने बताउनुभयो । “सो सम्बन्धमा थप अनुसन्धान भइरहेको छ”, उहाँले भन्नुभयो, “विधि प्रक्रिया पुर्‍याएर हात्तीको दाहसंस्कार गरिनेछ ।”

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.