देशमा परिवर्तनको घन्टी बज्नुपर्छ: सभापति लामिछाने

इलाम- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले एकपटक आफूहरुलाई अवसर दिन आग्रह गर्नुभएको छ ।

इलामको फिक्कल चोकबजारमा आयोजित पार्टीको खुला जनसभा सभापति लामिछानेले आगामी २०८४ मा हुने निर्वाचनमा विजयी गराइ एक पटक अवसर दिन आग्रह गर्नुभयो ।

“काम गर्न सकेनौँ भने यो क्षेत्र घन्टी निषेधित बनोस्”, उहाँले भन्नुभयो, “इलाममा अथाह सम्भावना हुँदाहुँदै यहाँका पर्यटन, कृषि, उद्योग, शिक्षा, सडक हरेक क्षेत्रको विकास हुनसकेको छैन ।”

उहाँले आफूहरुले सरकारको नेतृत्व गर्ने अवसर पाए सुन तस्करी, ललिता निवासलगायतका प्रकरणबारे छानबिन गर्ने दाबी समेत गर्नुभयो । रास्वपाको उदयबाट आत्तिएकाले आफूहरूविरुद्ध हमला गरिरहेको उहाँको भनाइ छ ।

“हामीलाई सिद्धान्तविहीन पार्टी भन्दै खेदो खन्ने गरेका छन्”, उहाँले भन्नुभयो, “गुणस्तरीय शिक्षा, घरमै पुगेर स्वास्थ्य सेवा प्रवाह नै हाम्रो सिद्धान्त हो ।” उहाँले शान्त विद्रोह गरेर आगामी निर्वाचनमा रास्वपालाई विजयी बनाउन आग्रह समेत गर्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.