युक्रेनको व्यस्त बजारमा रुसी आक्रमणः १७ जनाको मृत्यु, ३३ जना घाइते

पूर्वी युक्रेनको व्यस्त बजारमा रुसी आक्रमणमा परी १७ जनाको मृत्यु हुनुका साथै ३३ जना घाइते भएका छन् । मृत्यु हुनेमा एक बालक समेत रहेको बताइएको छ ।

युक्रेनको शान्त शहर कोस्टियान्टिनिभ्कामा रुसले सुनियोजित रुपमा विष्फोट गराएको भन्दै युक्रेनी राष्ट्रपति भोलोदिमेर जेलेन्स्कीले निन्दा गर्नुभएको छ । निर्दोष मानिसहरुको हत्या गरेको भन्दै युक्रेनी राष्ट्रपति जेलेन्स्कीले सामाजिक संजालमा पोष्ट गर्नुभएको हो ।

आक्रमण व्यवसायिक स्थलमा मध्य दिनमा पसलहरू खुलेको र सर्वसाधारण सामान खरिदका लागि बजारमा व्यस्त रहेका बेला भएकाले ठूलो संख्यामा हताहती भएको बताइएको छ ।

सामाजिक संजालमा पोस्ट गरिएको भिडियोमा विस्फोटले शहरको भीडलाई तितर बितर बनाएको र घटनापछि स्थानीय उद्धारका लागि दौडिरहेका देखिन्छन् । घटनाका विषयमा रुसले अहिलेसम्म कुनै प्रतिक्रिया दिएको छैन ।

कोस्टियान्टिनिभ्का पूर्वी औद्योगिक क्षेत्र डोनेट्स्क झण्डै ७० हजार मानिसहरूको बसोबास भएको एक शहर हो । सो शहरमा फेब्रुअरी २०२२ मा रूसले आक्रमण सुरु गरेदेखि युद्धको केन्द्र बिन्दु बनेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.