मोरक्कोमा शक्तिशाली भूकम्प, २९६ को मृत्यु, कैयौं घाइते

मोरक्कोमा ६.८ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ । भूकम्पमा परी हालसम्म २ सय ९६ जनाको मृत्यु भएको स्थानीय संचार माध्यमले जनाएका छन् ।

भूकम्पमा परी कयौं मानिस घाइते भएका छन् । घाइतेहरुलाई उपचारका लागि स्थानीय अस्पतालहरुमा लगिएको समाचार छ ।

भूकम्पको केन्द्रविन्दु माराकेशबाट ७१ किलोमिटर दक्षिण-पश्चिममा १८.५ किलोमिटर गहिराइमा रहेको अमेरिकी भूगर्भ सर्वेक्षणले उल्लेख गरेको छ ।

भुकम्पले क्षतिग्रस्त भवनहरू र भग्नावशेष तथा मानिसहरु आत्तिएर भागिरहेको दृश्यहरु देखिएका छन् । भूकम्पको केन्द्रविन्दु पहाडी गाउँमा भएकाले त्यस क्षेत्रका भवनहरू धेरै भत्किएको र धरै हताहती भएको बताइएको छ । सो क्षेत्रमा के कति क्षति भयो भन्ने निर्धारण गर्न केही समय लाग्ने समेत बताइएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.