गुल्मीमा भुस्याहा कुकुरको आतंकः एकै दिनमा १० जनालाई टोक्यो, खोपको अभाव

गुल्मी- गुल्मी जिल्ला सदरमुकाम तम्घासमा भुस्याह कुकुरले अतंक मच्चाएको छ । आइतबार सदरमुकाम तम्घासमा एकै दिनमा १० जनालाई कुकुरले टोकेको छ ।

जसले गर्दा तम्घास बजार अहिले भुस्याहा कुकुरका कारण आतंकित बन्न पुगेको छ । आइतबार बिहान मात्रै महेन्द्र नमुना माबिका विद्यार्थीहरुको पिटि चलिरहेको बेला कुकुर भित्र पदेर कक्षा २ का ८ बर्षिया सन्जु बिकलाई टोक्यो ।

उनलाई जोगाउन पुगेकी शिक्षिका भगवता पाण्डेलाई पनि टोक्यो । अर्घाखाँची जिपपार्कमा घर भित्र पसेर १७ बर्षिय निशान खनाललाई टोक्यो । जिल्ला प्रशासन अगाडि २७ बर्षिया चुरा बहादुर खत्रीलाई मोटरसाइकल चाढ्न लागेको बेला टोक्यो । सिमलटारीबाट तम्घास आएका ७० बर्षिय दुर्गा बहादुर सुनारलाई क्याम्पस रोडमा टोक्यो ।

अमरपुर घर भइ सिद्धबाबा माविमा पढ्ने ७ बर्षिय वसन्त रानालाई पनि टोकेर घाईते बनाएको छ । एउटै कुकुरले केहि समयमै कुकुरले टोकेर घाईते बनाए पछि प्रहरीले कुकुर खोज्न प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक (एसपी) नवीन किशोर प्रधानले बताउनुभयो ।

आइताबार मात्रै कुकुरले टोकेका १० जना गुल्मी अस्पतालमा खोप लगाउन पुगेको गुल्मी अस्पतालका इमर्जेन्सीमा कार्यरत स्वास्थ्यकर्मी रमेश पन्थीले बताउनुभयो । कुकुरले टोकेकालाई रेबिज बिरुद्धको खोप लगाउनु पर्छ ।

तर गुल्मी अस्पतालमा रेबिज बिरुद्धको खोप पनि अभाव रहेको अस्पतालले जनाएको छ । तम्घास बजारका सडक, चोक र गल्लीहरुमा भुस्याहा कुकुरको विगविगी छ ।

तर पनि यसको नियन्त्रणको लागी पछिल्लो समय कुनै प्रयास भएको छैन् । यत्रतत्र रहेका भुस्याह कुकुरको उचित ब्यवस्थापन गर्न कुनै पनि निकायले ध्यान दिएको पाइदैन् ।

तम्घास बजारको मुख्य बजारसहित गल्ली गल्लीमा राती भुस्याह कुकुरका कारण हिंड्नै समस्या हुने गरेको स्थानीयहरुले गुनासो गर्छन । भुस्याहा कुकुरले टोक्ने, केटाकेटी बुढाबुढीहरुलाई लखेट्ने गरेका घटना दिनहुँ बृद्धि हुँदै गएका छन् ।

सडकमा अलपत्र छाडिएका कुकुरले सडकमै छाउराछाउरी जन्माउने र ती छाउराछाउरी सडकमै हुर्कने क्रम बढ्दो छ । नगर क्षेत्रका खालि जमिन, सडक, चोक र गल्लीहरुमा दर्जनौँ कुकुरको ताँती नै लाग्छ ।

बेवारिसे कुकुरबाट राति हिँड्ने पैदलयात्री तथा मोटरसाइकल चालक सबैभन्दा बढी पीडित हुने गरेका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.