लिबिया बाढी अपडेटः अन्तर्राष्ट्रिय सहयोगको आह्वान, ५३ सय बढीको मृत्यु

लिबियामा आएको भिषण बाढीबाट प्रभावितहरुको राहत तथा उद्धारका लागि सहयोगको आह्वान गरिएको छ । बाढीले जनधनको ठूलो क्षति पुर्‍याएकोले उद्धार केन्द्रीत सहयोग आह्वान गरिएको हो ।

लिबियाको डेरना सहरमा सामुन्द्रिक आँधी पछिआएको बाढीवाट ५ हजार ३ सयभन्दा बढीको मृत्यु भएको बीबीसीले जनाएको छ । त्यहाँका स्थानीय मन्त्रीका अनुसार बाढीमा परी १० हजारभन्दा बढी मानिस बेपत्ता भएका छन् ।

भीषण बाढीका कारण शहरका सडकहरु खोलामा परिणत भएपछि उद्दार कार्यमा कठिनाई भइरहेको छ । मृतकहरुको शवलाई सामुहिक चिहानमा पुर्नु परेको बीबीसीले जनाएको छ ।

आँधीका कारण शहरको अधिकांश भूभाग डुबेको छ । बाढीले डेर्ना शहरका दुई वटा बाँध र चार वटा पुल भत्काएको छ । आँधी र बाढीबाट प्रभावित लिबियामा विभिन्न देशहरुबाट सहायता आउने क्रम शुरु भएको छ ।

उद्दार र राहत वितरणमा लिबियाको विभाजित राजनीतिक अवस्थाले भने असहज अवस्था सृजना गरेको बताइएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.