भरतपुरमा प्राविधिमैत्री शिक्षालाई उच्च प्रथामिकताः मेयर दाहाल

चितवन- भरतपुर महानगरकी मेयर रेनु दाहालले शैक्षिक पूर्वाधारको हिसाबले महानगरलाई अब्बल बनाउँदै प्राविधिमैत्री शिक्षालाई उच्च प्रथामिकता दिएको बताउनुभएको छ ।

शिक्षा क्षेत्रमा अब प्राविधक तथा गुणस्तरीय शिक्षा प्रदानका गर्न भरतपुरले विशेष प्रथामिकता दिएको बताउँदै उहाँले विद्यालयको भौतिकस्तर वृद्धिका कुनै कसर बाँकी नराखी काम भएको बताउनुभयो ।

श्री माध्यामिक विद्यालय गोरीगञ्ज भरतपुर ८ को नवनिर्मित ३ तले भवनको उद्धघाटन गर्दै मेयर रेनुले प्राविधित्री शिक्षा आजको आवश्यकता भएको भन्दै प्रविधिमैत्री विद्यालय बनाउन आफु अग्रसर बनेको बताउनुभयो ।

महानगरले विद्यालयहरुको पूर्वाधारमा राम्रै विकास गरेको र अब भने गुणस्तरीय बृद्धि गराउनेतर्फ ध्यान केन्द्रित गरेको उहाँको भनाई थियो । उहाँले सबैमा शिक्षा पुर्‍याउन महानगरमा अटिजम, बहिरा, सुस्त मनस्थिती, मस्तिष्क पक्षाघातका बालकालिकालाई छुट्टाछुट्टै पढाई सञ्चालन हुनाले पनि यसको पृष्टि गरेको जानकारी गराउनुभयो ।

सोही अवसरमा भरतपुर महानगरको अनुमति तथा साझेदारीमा एसोएस बालग्राम नेपालमार्फत सञ्चालित एसोएस स्वीजरल्याण्डको सहयोगमा सञ्चालित शैक्षिक परियोजनाद्धारा महागरको तीन वडाका ६ विद्यालयलाई आईसीटी सामाग्री समेत हस्तान्तरण गरिएको थियो ।

तीन बर्षसम्म पाईलट परियोजनाको रुपमा सञ्चालित यस कार्यक्रम अन्तर्गत ३६ लाख रुपैया बराबरको आइसिटी सामाग्री दिएको एसोएस परियोजनाका संयोजन कृष्ण केसीले जानकारी दिनुभयो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ठाकुरप्रसाद भट्टको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वडा न.. ८ का वडा अध्यक्ष जीवननाथ कडेँल, वडा नं.७ का वडा अध्यक्ष राजेन्द्रमणि काफ्ले, सहिदस्मृति काविका प्रचार्य रमेश अधिकारी, बाल क्बलकी सहसचिव जस्मिन पौडेललगायतले बाल्नुभएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.