डोल्पामा ट्याक्टर दुर्घटना हुँदा चार जना घाइते

डोल्पा- डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका १ मा पर्ने नेटाज्युलामा ट्याक्टर दुर्घटना भएको छ । भे १ त ९७८१ नंम्बरको ट्याक्टर दुर्घटना हुँदा चार जना घाइते भएका छन् ।

आज बिहान बालुवा बोकेर पहाडतर्फ जाँदै गरेको ट्याक्टर दुर्घटना भएको प्रहरी चौकी त्रिपुराकोटले जानकारी दिएको छ ।

घाइते हुनेमा त्रिपुरासुन्दरी नगरपालिका १ का १६ बर्षीय हरि कठायत, सोही ठाउँका ३३ बर्षीय लोकमान श्रेष्ठ, १२ बर्षीय शक्तिमान कठायत, १६ बर्षीय कृष्ण सार्की रहेको जिल्ला प्रहरी कार्यालय डोल्पाले जानकारी दिएको छ ।

घाइते सबैको अवस्था मध्यम रहेको र उपचारका लागि जिल्ला अस्पताल पुर्‍याइएको छ ।

चालक हस्त बहादुर परियारको अबस्था सामान्य छ । चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरिएको जिप्रका डोल्पाका प्रहरी नायव उपरिक्षक नारायण रञ्जितकारले जानकारी दिनुभएको छ ।

ट्याक्टर सडकबाट करिब १५० मिटर तल खसेर दुर्घटना भएको हो ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.