महासमिति बैठकको तयारीका लागि कांग्रेस केन्द्रीय समिति बैठक आज बस्दै

काठमाडौं- नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक आज बस्दैछ । पार्टी कार्यालय सानेपामा आज दिउँसो १ बजे बैठक बस्न लागेको हो ।

कांग्रेसले यो बैठकलाई महासमिति बैठकको तयारीका रुपमा लिएको छ । महासमितिको बैठकले निति निर्माण गर्ने हुनाले बैठकले मूल तयारी समिति गठन गर्नुका साथै नीतिगत समितिहरुको टुंगो लगाउने प्रचार विभाग प्रमुख मीन विश्वकर्माले जानकारी दिनुभयो ।

२०७८ सालमा सम्पन्न १४ औं महाधिवेशनमा नेतृत्व मात्र चयन गरेको कांग्रेसले आगामी महासमिति बैठकबाट नीति तय गर्नेछ । कांग्रेसले आगामी मंसिर १३, १४ र १५ गतेका लागि महासमिति बैठक बोलाएको छ ।

यसैगरी बैठकमा समसामयिक राजनीति, आन्तरिक पार्टी संरचनालगायत विषयमा छलफल हुने नेता विश्वकर्माले जानकारी दिनुभयो ।

बैठकमा साउन २० देखि ३० सम्म भएको पार्टीको आन्तरिक विशेष अभियान, पोलिसी ह्याकाथन र बीपी साहित्य महोत्सवको समीक्षा हुने छ ।

आन्तरिक विशेष अभियानमा कांग्रेसले ७७ जिल्लामै केन्द्रीय प्रतिनिधि खटाएको थियो । कांग्रेसले युवालाई नीति निर्माणमा जोड्ने उद्देश्यले पोलिसी ह्याकाथन आयोजना गरेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.