युक्रेनद्वारा रुसी नौसेना केन्द्रमा मिसाइल हमला

युक्रेनले क्रिमियास्थित रुसी ब्ल्याक सी बेडाको मुख्यालयमा हमला गरेको छ । नौसेना अधिकारीहरुको बैठक बसिरहेका बेला भएको हमलामा केही रुसी सुरक्षाकर्मी हताहत भएको युक्रेनी सेनाले दाबी गरेको छ ।

रुसले पनि शुक्रबारको आक्रमणपछि एक सैनिक बेपत्ता भएको बताएको छ । बन्दरगाह सहर सेभास्टोपोलमा रहेको बेडालाई उत्कृष्ट रुसी बेडाको रुपमा लिने गरिएको छ ।

शुक्रबारको आक्रमणमा बेलायत र फ्रान्सले आपूर्ति गरेका मिसाइल प्रयोग गरी गरिएको थियो । क्षेप्यास्त्र आक्रमणमा दुई रुसी कमाण्डर सख्त घाइते भएको युक्रेनी सेनाको दाबी छ । हमलामा केकति क्षति भयो भन्‍ने स्पष्ट हुन सकेको छैन ।

यसैबीच, रुसी विदेशमन्त्री सर्गेई लाभरोभले अमेरिकी नेतृत्वमा पश्चिमा शक्तिहरू युक्रेनीको हात र शरीर प्रयोग गरी रुस विरुद्ध लडिरहेको बताउनु भएको छ ।

न्युयोर्कमा संयुक्त राष्ट्रसंघीय महासभामा सञ्चारकर्मीहरूसँग कुरा गर्दै मन्त्री लाभरोभले पश्चिमलाई “झुटको वास्तविक साम्राज्य” भन्दै निन्दा समेत गर्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.