दोलखामा ४ किलो सुनसहित पक्राउ परेका पाँच जना सार्वजनिक
दोलखा- दोलखाको सिंगटीबाट प्रहरीले ४ किलो सुनसहित पक्राउ परेका पाँच जनालाई आज सार्वजनिक गरेको छ । सुनसहित सिंगटीबाट तीन जना र सदरमुका चरिकोटस्थित एक होटलबाट दुई जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी नायव उपरीक्षक दिपक खड्काले जानकारी दिनुभयो ।
स्थानीय सिता तामाङको घरमा डेरा, कोठा लिई बस्ने केशर बहादुर तामाङको कोठामा प्रहरीले खानतालासिको क्रममा सुन जस्तो देखिने पहेलो धातु थान ४ किलोग्राम बरामद भएको हो ।
प्रहरीका अनुसार आजको बजार मुल्य तीन करोड ७७ लाख ४७ हजार आठ सय पाँच मुल्य बराबरको बरामद भएको प्रहरी नायव उपरीक्षक खड्काको भनाई छ ।
सुन तस्करमा संलग्न भएको आरोपमा प्रहरीले जिल्लाको बिगु गाउँपालिका १ को पेम्बा तामाङ, २० माधव मगर र को केशर तामाङलाई सिंगटिबाट पक्राउ गरेको हो ।
त्यस्तै बिगु गाउँपालिका वडा नं. १ कै नुर्वु छिरीङ शेर्पा र सुनमाला तामाङलाई सदरमुकाम चरिकोटबाट पक्राउ गरेको हो । सुन जस्तो देखिने पहेलो धातु सुन हो, होईन भन्ने एकिन गर्नका लागी दोलखामा कुनै पनि मेसिन नहँदा परिक्षणका लागि काठमाडौं पठाउन लागेको प्रहरी नायव उपरीक्षक खड्काले बताउनुभयो ।
चिनबाट अवैध रुपमा ल्याएको सुन लुकाएर राखेको सुचनाको आधारमा प्रहरीले छापा मारेर तस्करलाई सुन सहित पक्राउ गरेको हो ।
उनीहरूले तिब्बती सीमा लामावगर नाकाबाट तस्करीको सुन भित्र्याएको आशंका गरिएको छ । लामावगर तर्फको एउटा नाका चिन सरकारले गत साता मात्र खुलाएको थियो । पैदलमार्गबाट सुन भित्रिएको अनुमानका आधारमा प्रहरीले उक्त क्षेत्रमा निगरानी बढाएको छ ।
पक्राउ प्रतिवादीहरुलाई भन्सार ऐन २०६४ तथा संगठित अपराध निवारण ऐन २०७० अन्तर्गत मुद्दामा सम्मानित दोलखा जिल्ला अदालतबाट दिन –८ (आठ) को म्याद थप भई अनुसन्धान भईरहेको प्रहरी नायव उपरीक्षक खड्काले बताउनुभयो ।
प्रतिक्रिया राख्नुहोस्