पाकिस्तानको बलुचिस्तानमा बम विस्फोट: ५० जनाको मृत्यु, आपतकालको घोषणा

पाकिस्तानको बलुचिस्तान प्रान्तको दक्षिणपश्चिमी मास्तुङ जिल्लामा भएको विस्फोटमा परी ५० जनाको मृत्यु भएको छ । आत्मघाती रुपमा गराइएको विस्फोटमा परेर अन्य कयौं घाइते भएका छन् ।

धर्मगुरु मोहम्मदको जन्मोत्सवको अवसरमा मस्जिदमा शुक्रवारे प्रार्थना सभा भइरहेको समयमा विष्फोट भएको थियो । बलुचिस्तानका प्रान्तीय अधिकारीहरूले आतङ्वादीहरूले उक्त विष्फोट गराएका बताउँदै त्यसको निन्दा गरेका छन् ।

यद्यपी विष्फोटको हालसम्म कसैले पनि जिम्मा नलिएको स्थानीय प्रहरीले जनाएको छ । विस्फोट पछि स्थानीय प्रशासनले बलुचिस्तानमा आपतकालको घोषणा गरेको छ । यसैगरी आजै पेसावर शहरमा पनि विस्फोट भएको समाचार छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.