सिरहाबाट दुई ट्रक तस्करीका कपडा बरामद, एसपी र डीएसपी अनुसन्धानमा तानिए

सिरहा- राजस्व अनुसन्धान कार्यालय इटहरीको टोलीले सिरहाबाट तस्करीका कपडासहित ट्रक नियन्त्रणमा लिएको एकदिन नबित्दै आइतबार पुन: अर्को ट्रक पक्राउ गरेको छ ।

राजस्व अनुसन्धानको टोलीले सिरहाको माडर भन्सार हुँदै आएको पूर्वपश्चिम राजमार्गको चोहर्वातिर जाँदै गरेको प्रदेश १-०२-००१ ख ९२३८ नम्बरको ट्रकलाई सुराकीका आधारमा नियन्त्रणमा लिएको कार्यालय प्रमुख सुरेश आचार्यले जानकारी दिनुभएको छ । ट्रकमा तस्करीका लत्ताकपडालगायत अन्य सामान छन् ।

राजस्वको टोलीले यसअघि शनिबार बिहान सिरहा नगरपालिका १५ मा रहेको चन्द्रनारायण आधारभूत विद्यालय परिसरको बगैंचाबाट करिब ५० लाख रुपैयाँको लत्ताकपडासहित ट्रक पक्राउ गरेको थियो ।

यसै घटनामा शनिबारै सिरहाका सशस्त्रका प्रहरी उपरीक्षक प्रमोद भारती र सशस्त्र प्रहरी बल माडरका डीएसपी रामहरि खड्कालाई जिम्मेवारीबाट हटाएर प्रदेशले अनुसन्धान थालिसकेको छ । पछिल्लो समय सिरहामा सुरक्षा निकाय र प्रशासनकै मिलेमतोमा तस्करी बढेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.