ट्रकले ठक्कर दिंदा दुईजना विद्यार्थीको मृत्यु

धादिङ- पृथ्वी राजमार्गको गजुरी गाउँपालिकास्थित मजुवामा भएको सवारी दुर्घटनामा परी दुई जना पैदल यात्रीको मृत्यु भएको छ ।

मृत्यु हुनेहरुमा सिद्दलेक गाउँपालिका- ६ का राजकुमार श्रेष्ठको छोरा निर्मल श्रेष्ठ र उद्धव श्रेष्ठको छोरा सञ्जिव श्रेष्ठको घटनास्थलमै मृत्यु भएको प्रहरी कार्यालय धादिङका प्रहरी नायव उपरीक्षक सन्तुलालप्रसाद चौधरीले जानकारी दिनुभयो ।

उनिहरु दुवैजना बागेश्वरी उच्च माध्यामिक विद्यालयको कक्षा आठमा अध्ययनरत् छात्रहरु हुन् । काठमाण्डौबाट मुग्लिङतर्फ जाँदै गरेको प्रदेश २-००१ ख ८७१३ नम्वरको ट्रकले ठक्कर दिंदा उनिहरुको मृत्यु भएको हो ।

ट्रकले सोही दिशातर्फ जाँदै गरेको अर्को ट्रकलाई ओभरटेक गर्ने क्रममा उनिहरुलाई किचेको राजमार्ग प्रहरीले जानकारी दिएको छ ।

ठक्कर दिने सवारी र चालक गजुरी प्रहरीको नियन्त्रणमा रहेको पनी धादिङका प्रहरी प्रमुख गौतम मिश्रले जानकारी दिनुभएको छ । दुर्घटनापछि स्थानीयले पृथ्वी राजमार्ग अवरुद्ध गराएका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.