इरानमा जफत हतियार युक्रेनलाई आपूर्ति

अमेरिकाले इरानबाट जफत गरेका हतियार र गोलीगठ्ठा युक्रेनलाई आपूर्ति गरेको छ । युक्रेनी सेनाले सामना गरेको हतियार अभाव टार्न यो निर्णय गरिएको हो ।

अमेरिकी सेन्ट्रल कमाण्डले जफत गरिएको इरानी हतियारको १० लाखभन्दा बढी राउण्ड हस्तान्तरण गरिसकेको जनाएको छ । हस्तान्तर गरिएका हातहतियारमा बन्दुक, गोलीगठ्ठा,रकेटबाट चल्ने ग्रेनेडका प्रोक्सिमिटी फ्यूज, रकेट-प्रोपेलेन्ट लगायत छन् ।

अमेरिकी बजेटमा युक्रेन युद्ध सहायता कोष नरहेपछि अमेरिकाले वैकल्पिक ढंगले सहयोग गर्ने नीति लिएको हो । रुससँगको युद्धमा पछिल्ला दिनहरुमा केही सफलता हासिल गरेको युक्रेनलाई सैन्य जनशक्ति र हतियारको जोहो चुनौतीपूर्ण बनेको छ ।

अमेरिकाले इरानी रिभोलुसनरी गार्डबाट कब्जामा लिइएका लाखौ राउण्ड गोलीगठ्ठा कानुनी प्रक्रिया पुर्याएर युक्रेनलाई हस्तान्तरण गरेको जनाएको छ । हतियार हस्तान्तरणका लागि बाइडेन प्रशासनलाई महिनौ लागेको सीएनएनले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.