सौराहामा मनाए विदेशीले पनि दसैँ

चितवन- चितवनको पर्यटकीय नगरी सौराहा घुम्न आएका विदेशी पर्यटकहरुले दसैँ मनाएका छन् ।

नेपालीहरुको महान चाड वडादसैँमा नेपाली संस्कृतिको बारेमा बुझ्दै विदेशी पर्यटकहरुले सौराहाको होटल सपना भिलेजमा टीका र जमरा थाप्दै दसैँ मनाएका हुन ।

नेदरल्याण्डदेखि सौराहा घुम्न आएका २६ वर्षीय पर्यटक डेविट राईटले यस पटक टीका र जमरासँगै नेपालीहरुको दशैं मनाउन पाउँदा निकै खुशी देखिन्थे ।

“मैले नेपाल घुम्न आउँदा नेपाली परम्परामा रमाएको कुरा सुनेको मात्र थिएँ, तर आज सौराहा आएर टीका र जमरा लगाएर दशैं मनाएको छु, धन्यवाद नेपालीहरुु, उनले भने ।”

अर्की पर्यटक २१ बर्षीया माईका पनि निकै हर्षित देखिन्थिन । उहाँले आगामी वर्ष पनि नेपालमा आएर दशैं मनाउने बताउनुभयो ।

“विभिन्न देशका संस्कृति र परम्परालाई प्रत्यक्ष रूपमा अनुभव गर्न पाइने भएकाले चाडपर्वका बेला घुम्न आउँछुु, विदेशी पर्यटक माईकाले भनिन् ।”

चितवनको सौराहामा यतिबेला पर्यटकीय मौसम शुरू भइसकेको छ भने यहाँ आउने विदेशी पर्यटकलाई हरेक होटलले दशैं मनाउने परम्परा बनाएका छन् ।

विदेशी पर्यटकहरुको रुचीमा पर्ने सपना भिलेजका सञ्चालकले विदेशीलाई दसैँ मनाउने चाँजोपाँजो मिलाएका हुन ।

सौराहाको सपना भिलेजले हरेक वर्ष जस्तै यो वर्ष पनि दुर्गा पूजा गर्दै पर्यटकलाई समेत दशैंमनाउने परम्परालाई निरन्तरता दिएको सपना भिलेजकी सञ्चालिका बर्षा पुरीले बताउनुभयो ।

“पर्यटकलाई हाम्रो संस्कृतिसमेत पहिचान गराउनुपर्छ भनेर शुरू गरेका हौँ, उहाँले भन्नुभयो दशैंमा नेपाल घुम्न आउने पर्यटकलाई संस्कृति सिक्ने प्याकेज बनाउन चाहान्छौँ ।”

नाकावन्दी, मुग्लिन सडक र कोरोनाका कारण प्राय: विदेशी पर्यटकहरुको सुनसान हुने सौराहामा यतिवेला विदेशी पर्यटकहरुको घुइँचो लागेको छ ।

दसैँसगैँ पछिल्लो तीन दिन यताको रेर्कड हेर्दा यहाँ तेश्रो मुलुकका पर्यटकहरुको संख्या ४० प्रतिशत, भारतीय २० प्रतिशत र १० प्रतिशत चिनियाँ पर्यटक रहेको क्षेत्रिय होटल संघका अध्यक्ष गंगा गिरीले जानकारी गराउनुभयो ।

पर्यटकलाई यहाँका वन्यजन्तु, बाघ, गैँडा, हिमाल र पहाडले मात्र तान्दैन, दशैं, तिहारलगायत चाडबाडले पनि आकर्षित गर्ने गरेका छन । विदेशीलाई दशैंको माहोल विशेष लाग्ने गर्छ ।

नेपालीहरुको मौलिक जमरा, टीका र चङ्गा चेटमा उनीहरू रमाउने गरेका छन् ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.