गोली प्रहारबाट प्रधानाध्यापकको हत्या: हत्याका योजनाकार एकजना पक्राउ

बारा- बारामा प्रधानाधापकको  हत्यामा संलग्न एक जना पक्राउ  परेका छन  । घटनामा सम्लग्न एक याेजनाकार पक्राउ गरिएको बाराका प्रहरी उपरीक्षक सुरेश काफ्लेले बताउनु भएको छ ।

जिल्लाको सदरमुकाम कलैयामा दिन दहाडै निजी बिद्यालयका प्रधानाध्यापक माथि गोली प्रहार गरी हत्या भएको थियो।

सदरमुकाम कलैया वडा नम्बर ६ मा मोटरसाइकलमा आएका तीन अज्ञात समुहले बाल एकता बोर्डिङका प्रधानाध्यापक रुपेश स्वर्णकारलाई दिन दहाडै गोली प्रहार गरी हत्या गरेका हुन ।

स्वर्णकार अन्नपूर्ण स्विट्स बाट मिठाई किनेर मोटरसाइकलमा बिधालय फर्किरहेका बेला अज्ञात समुहले छाती, टाउकोमा गरी चार राउन्ड गोली प्रहार गरी फरार भएका हुन ।

कलैया मदर्शा टोल जाने बाटोमा स्वर्णकार माथि गोली प्रहार भएको प्रत्यक्षदर्शीहरुले बताएका छन ।

प्रादेशिक अस्पताल कलैयामा उपचार हुन नसकेपछि उनलाई बयोधा अस्पताल बिरगन्जमा पुर्‍याइएको थियो । अस्पतालमै उहाँको मृत्यु भएको हो ।

अस्पतालमै रहेका प्रमुख जिल्ला अधिकारी नबराज सापकोटाले अस्पतालले मृत्यु घोषणा गरेको जानकारी दिनुभएको थियो । उहाँले चारैतिरका सिसिटिभी हेर्ने, सिमा सिल गर्ने लगायतका अपराधिहरुलाई पक्राउ गर्न सबै उपाय अपनाइएको र थप अनुसन्धान भइरहेको बताउनु भएको छ ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.