गुल्मी जिल्ला प्रशासन कार्यालयमा सेवाग्राहीको चाप बढ्यो

गुल्मी- जिल्ला प्रशासन कार्यालय गुल्मीमा सेवा लिने सेवाग्रहीको चाप बढेको छ । नेपालीको महान पर्व बडादशैं मनाउन घर फर्किएकाहरुले समयको सदुपयोग गरेर नागरिकता, राहदानी, राष्ट्रिय परिचयपत्र बनाउने सेवाग्राहीको चाप बढेको हो ।

यतिबेला दशैं मनाउन घर आएका मानिसले समयको सदुपयोग गर्दै जिल्ला प्रशासन कार्यालय गुल्मीमा सेवालिने सेवाग्राहीको संख्या दोब्बरले वृद्धि भएको छ । अन्य समयमा सरदर नयाँ नागरिकता ४० वटा, राहदानी ५० वटा, बन्ने गर्दथे ।

दशैं पछि कार्यालय खुलेका एकै दिनमा नयाँ नागरिकता ८४ वटा, प्रतिलिपी ४९ वटा, राष्ट्रिय परिचयपत्र १४० वटा, राहदानी ६० वटा र साधारण निवेदन १४० जनाले बनाएको जिल्ला प्रशासन कार्यालय गुल्मीका सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद गैरेले बताउनुभयो ।
चाडपर्वको बिचको समयमा सेवाग्रही चाप दैनिक जसो बढ्ने गरेको गैरेको भनाइ छ ।

कार्यालयको क्षमता भन्दा सेवाग्रहीको संख्या अत्यधिक बढदै गएकाले भिड बढने गरेको हो । प्रशासन कार्यालयलमा सेवाग्राही बिहान सात बजेबाटै बेलुका अबेरसम्म नयाँ नागरिकतासँगै प्रतिलिपी, राहदानी, राष्ट्रिय परिचयपत्र लिने सेवाग्राहीको चाप बढ्ने गरेको छ ।

दशैं लगायतका चाडपर्वको समयमा प्रशासन भिडभाड हुने गर्दछ । चाडपर्वको समयमा बढ्दो सेवाग्राहीको चापलाई सहज सेवा प्रवाह गर्न विहान वेलुका अतिरिक्त समयमा पनि कार्यालय संचालन गरेर सेवा प्रवाह गर्ने सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद गैरेले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.