नयाँ भन्दा प्रतिलिपि नागरिकता लिनेको संख्या धेरै

पर्वत- पर्वतमा नयाँ नागरिकता लिनेभन्दा नागरिकताको प्रतिलिपि लिने धेरै रहेको पाइएको छ । जिल्ला प्रशासन कार्यालय पर्वतका अनुसार चालु आर्थिक बर्षको पहिलो त्रैमासिकमा ९ सय ४९ जनाले नागरिकताको प्रतिलिपि लिएका छन् ।

प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद आचार्यका अनुसार पर्वतमा साउन, भदौ र असोज महिनाको अन्त्यसम्म ८ सय १ जनाले नयाँ नागरिकता लिएका छन् भने ९ सय ४९ जनाले प्रतिलिपि नागरिकता लिएका हुन् ।

यस बीचमा जिल्ला प्रशासन कार्यालय पर्वतले नेपालमा नै पहिलोपटक गैह्र आबासीय नेपाल नागरिकताको प्रमाण पत्र समेत प्रदान गरेको छ । पर्वतको जलजला गाउँपालिका वडा नं. ७ धाइरिङ घर भएका गैह्र आवासीय नेपाली संगठनका निवर्तमान अध्यक्ष कुल आचार्यलाई पहिलो नागरिकता प्रदान गरिएको थियो ।

प्रमुख जिल्ला अधिकारी आचार्यले नागरिकता प्रतिलिपि लिनेको संख्या धेरै भएको पाइएपछि सरकारी कागजातहरु सर्वसाधारणले सुरक्षित गर्न नसकेको समेत बताउनुभयो । नागरिकता जस्तो संवेदनशील कागजातलाई पनि सर्वसाधारणले हेलचक्राई गर्ने गरेको उहाँले बताउनुभयो ।

आचार्यले कतिपय अवस्थामा पूर्ण अशक्त भएका नागरिकलाई घरमै पुगेर पनि नागरिकता प्रदान गरिएको समेत बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.