सियारी-४ मा सुबिधा सम्पन्न वडा कार्यालय बन्दै

भैरहवा- रुपन्देहीको सियारी गाउँपालिका वडा नम्बर ४ को नयाँ वडा कार्यालय बन्ने भएको छ । २०८१ बैशाख मसान्त भित्र सम्पन्न गरिसक्ने लक्ष्य राखिएको सो वडा कार्यालयको गाउँपालिका अध्यक्ष थानेश्वर घिमिरेले शिलन्यास गर्नुभयो ।

१ करोड १७ लाख लागतमा निर्माण हुने भवन सुबिधा सम्पन्न र स्मार्ट वडा कार्यालय बन्ने गाउँपालिका अध्यक्ष थानेश्वर घिमिरेले जानकारी दिनुभयो ।

कार्यालय भित्रबाट सम्पुर्ण प्रशासनिक काम हुनुका साथै वडा अध्यक्षसहित वडा सदस्यहरुका लागि कक्षको व्यवस्थापन हुने गरी भवन निर्माण गर्न लागिएको अध्यक्ष घिमिरेको भनाइ छ ।

बजेटको सुनिश्चितता गरेर भवन निर्माणको कामलाई अगाडि बढाईएको अध्यक्ष घिमिरेले जानकारी दिनुभयो । उक्त कार्यालयबाट वडा कार्यालयले प्रवाह गर्ने कार्यसँगै हुलाक सेवा पनि सुचारु हुने पालिकाका प्रमुख प्रशाशकिय अधिकृत ऋषिराम पन्थीले जानकारी दिनुभयो ।

भवन निर्माणको जिम्मा मिना निर्माण सेवाले पाएको छ । भवनलाई सम्झौता मिति भित्रै सक्ने गरी निर्देशन दिएको वडा अध्यक्ष श्रीराम यादवले जानकारी दिनुभयो । सियारी ४ मा अहिले स्वास्थ्य सस्थाको भवनबाट सेवा प्रभाव गर्दै आइरहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.