राष्ट्रिय विभूति शंखधर साख्वाले देखेको सपना वर्तमान सरकारले साकार पार्‍यो: अर्थमन्त्री डा.महत

भक्तपुर- अर्थमन्त्री डा. प्रकाशशरण महतले राष्ट्रिय विभूति शंखधर साख्वाले देखेको सपना वर्तमान सरकारले साकार पारेको बताउनु भएको छ ।

नेपाल संवत ११४४ सुरु भएदेखि सरकारी कागजातमा नेपाल संवत प्रयोग गर्ने सरकारको निणर्य साख्वाले नै देखाएको बाटो भएको धारणा राख्नुभयो ।

राष्ट्रिय विभूति शंखधर साख्वा प्रतिष्ठान र मध्यपुर थिमी नगरपालिकाको आयोजनामा भएको कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री महतले साख्वाको योगदानको उच्च मुल्याङकन भएको बताउनु भयो ।

स्थापना पूर्व प्रधानमन्त्री कृष्णप्रसाद भटराईले गरेको जिकिर गर्दै अर्थमन्त्री महतले नेपाल सम्वतलाई कामकाजी बनाउन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले महत्वपूर्ण र ऐतिहासिक कार्य गरेको बताउनुभयो ।

नेपाल संवत् ११४४ लाई कार्यान्वयमा ल्याएर आज नेपालीको सम्बत् भएकाले नीतिगत निर्णय र त्यसको कार्यान्वयनमा अब सबै नेपाली लाग्नुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा विभिन्न संघ संस्था, राजनैतिक दल, स्थानीय सरकारका प्रतिनिधि, प्रदेश सासदहरुको सहभागिता रहेको थियो ।

७० वर्षपछि नेपाल भाषालाई सरकारले मान्यता दिएको उपलक्ष्यमा नेवार समुदाय हर्षित भएको धारणा वक्ताहरुले राखेका थिए । कार्यक्रममा सम्बोधन गर्नुपूर्व मन्त्री महतले शंखधर साख्वाको शालिकमा माल्यार्पण गर्नुभएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.