प्रसाईलाई नजरबन्दमा राखिएको छैन: गृह प्रशासन

काठमाडौं- काठमाडौं जिल्ला प्रशासन कार्यालयले मेडिकल व्यवसायी दुर्गा प्रसाईलाई नजरबन्दमा नराखिएको स्पष्ट पारेको छ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंका  प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले प्रसाईंलाई नजरबन्दमा नराखिएको बताउनु भएको हो ।

प्रसाई काठमाडौ छिरेदेखि नै गृह प्रशासनले सुरक्षा दिइराखेको र उहाँको शुरक्षाका लागि घरमा पनि शुरक्षा प्रदान गरिएको प्रजिअ बस्नेतले बताउनु भयो ।

‘उहाँको सुरक्षा चुनौती विश्लेषण गरेर घरमा पनि सुरक्षा प्रदान गरिएको हो। नजरबन्द गरिएको छैन। उहाँले अफवाह फैलाइरहनु भएको छ र कानुनलाई चुनौती दिइराख्नु भएको छ।’ बस्न्नेतले भन्नु भयो ।

यसअघि आज विहान प्रसाईंले घरमै केहि मिडियाँ बोलाएर आफूलाई घरबाट बाहिर जान नदिइएको नजरबन्दमा राखिएको बताउनु भएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.