चालु आर्थिक वर्षको पहिलो चौमासिकमा व्यापार घाटा साढे चार खर्ब नाघ्यो

गत आर्थिक बर्षमा एक खर्ब १३ अर्ब रुपैयाँ बराबरको कर उठाउनै बाँकी ।

काठमाडौँ- सरकारले गत आर्थिक वर्ष २०७९/८० सम्ममा एक खर्ब १३ अर्ब सात करोड रुपैयाँ बराबरको कर बक्यौता उठाउनै बाँकी छ । आन्तरिक राजस्व विभागको वार्षिक प्रतिवेदनअनुसार दुई लाख ७० हजार तीन सय ८३ करदाताबाट कर बक्यौता, ब्याज, थप दस्तुर विलम्व शुल्कलगायत शीर्षकमा यो रकम उठ्न बाँकी देखिएको हो । अघिल्लो आर्थिक वर्ष २०७८/७९ मा ६५ अर्ब ३५ करोड रुपैयाँ कर बक्यौता रहेकोमा एक वर्षमै ४७ अर्ब ७१ करोड रुपैयाँ बक्यौता थपिएको छ ।

त्यस्तै, विभिन्न कर कार्यालयबाट भएको कर निर्धारणउपर करदाताले चित्त नबुझाई प्रशासकीय पुनरावलोकनमा साढे पाँचहजार करदाता गएका छन् । गत असार मसान्तसम्म पाँच हजार चार सय ४३ करदाता मुद्दा मामिलामा गएका छन् । प्रशासकीय पुनरावलोकनमा गएको तथा अन्य न्यायिक निकायमा अपिलमा रहेको विवादित रकम एक खर्ब ४५ अर्ब ७७ करोड रुपैयाँ बराबर छ ।

अघिल्लो आर्थिक वर्षमा यस्तो रकम एक खर्ब ३३ अर्ब ७१ करोड रुपैयाँ बराबर थियो । कर बक्यौता र मुद्दा मामिलामा गएर अपिलमा रहेकामध्ये आयकरसँग सम्बन्धित बढी देखिएका छन् । विभागको प्रतिवेदनअनुसार एक लाख ३६ हजार आठ सय २२ करदाताबाट ५९ अर्ब ४० करोड रुपैयाँ बराबरको आयकर उठाउनै बाँकी छ । यसैगरि मूल्य अभिवृद्धि कर (भ्याट)तर्फ ५१ अर्ब १२ करोड रुपैयाँ उठाउनै बाँकी रहेको विभागको तथ्याङ्क छ ।

यसरी सरकारले उठाउनुपर्ने कर बक्यौता र निर्धारण भएको कर रकममाथि मुद्दा मामिलामा जाने करदाताको सङ्ख्या बढ्दै गएपछि त्यसको असर वार्षिक राजस्व असुलीमा परेको छ । आन्तरिक राजस्व विभागमार्फत गत आव २०७९/८० मा लक्ष्यको ७६ दशमलव ५७ प्रतिशत बराबर रकम मात्रै उठेको थियो ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.