सूर्यविनायकमा मोटरसाइकल दुर्घटना हुँदा दुई जना घाइते

भक्तपुर- अरनिको राजमार्गअन्तर्गत सूर्यविनायक चोकमा मोटरसाइकल दुर्घटना हुँदा दुईजना घाइते भएका छन् । शुक्रबार बेलुकी ८ बजे बा७३प ३३२९ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा परिचय नखुलेका दुई जना गम्भीर घाइते भएको भक्तपुर प्रहरीले बताएको छ ।

सूर्य विनायक चोकदेखि १५ मिटर पर मोटरसाइकल घिर्सिएको छ । उपचारका लागि घाइतेलाई भक्तपुर अस्पताल पठाएको छ । घटनाको थप अनुसन्धान भइरहेको डिएसपी बसन्त पाठकले बताउनु भयो । मोटरसाइकल प्रहरीले नियन्णत्रणमा लिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.