बागमतीमा सर्वदलीय बैठक निष्कर्षबिहीन

मकवानपुर- बागमती प्रदेशको सर्वदलीय बैठक बिना निष्कर्ष टुंगिएको छ ।

सत्तापक्ष र प्रतिपक्षले  आ-आफ्नो अडान नछाड्दा आइतबार प्रदेशसभा सचिवालयमा बसेको सर्वदलीय बैठक निष्कर्षविहिन भएको हो ।

बैठकमा बजेट कार्यान्वयन, समितिका सभापतिको चयन र पूर्वाधार विकास कोषको रकम सम्बन्धमा छलफल भएको नेकपा एकिकृत समाजवादीका संसदीय दलका नेता कृष्णप्रसाद शर्मा खनालले जानकारी दिनुभयो ।

सत्तापक्ष र प्रतिपक्षीबीच सहमति नजुटेकाले पुनः अर्को बैठक बस्ने गरी आइतबारको बैठक स्थगित भएको नेता खनालले बताउनुभयो ।

यद्यपी सहमतिको प्रयासलाई भने सत्तापक्षले जारी राख्ने उहाँले स्पष्ट पार्नुभयो ।

यता प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले भने सरकार प्रदेशको विकास र गणतन्त्र प्रति गम्भिर नबनेको आरोप लगाएको छ ।

एमालेका संसदीय दलका नेता जगन्नाथ थपलियाले  प्रदेश सरकारलाई सही बाटोमा हिँड्न र मनोमानी ढंगले अगाडि नबढ्न सचेत गराएको बताउनुभयो ।

एमालेले सत्तापक्षसँग संसदीय समितिको नेतृत्वको सवालमा बार्गेनिङ नगरेको उहाँको भनाइ थियो ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.