ढिलोचाँडो कम्युनिष्ट एकता हुने माओवादी केन्द्रका महासचिव गुरुङकाे भनाइ

रुकुम पश्चिम- नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङले नेपालमा ढिलोचाँडो कम्युनिष्ट एकता हुने बताउनुभएको छ । प्रेस सेन्टर रुकुम पश्चिमले आज मुसिकोटमा आयोजना गरेको पत्रकार भेटमा बोल्दै कम्युनिष्ट विचारमा कुनैपनि विमति नभएकाले एकता हुन सक्ने बताउनुभएको हो ।

तत्कालका लागि केही कम्युनिष्ट घटकहरु अहिले नै एकताका लागि तयार नभएकाले विकेन्द्रीकरण भएको कम्युनिष्टमा ढिलोचाँडो जसरी पनि एकता हुने उहाँको भनाइ छ । `कम्युनिष्ट एकताको लागि हिजोको सबै माओवादी एक ठाउँमा हुनुपर्छ भन्ने छ । तर माओवादी बाहेक अन्य कम्युनिष्ट घटकका केही निश्चित सिमाका कारण सिङ्गो कम्युनिष्ट एकताको प्रक्रिया अहिले नै सम्भव नभएको हो,´ उहाँले भन्नुभयो ।

त्यस्तै अहिलेको कम्युनिष्ट घटकभित्रको सिङ्गो समाजवादी मोर्चामा समेत एकताका विषयमा कुनै छलफल नगरिएको महासचिव गुरुङले बताउनुभएको छ । तर ढिलोचाँडो नेपालमा एउटा मात्रै कम्युनिष्ट पार्टी निर्माण हुने उहाँको भनाइ छ ।

यसैगरी वर्तमान सरकारको नेतृत्व पनि कम्युनिष्ट पार्टीको नेतृत्वमा रहेकाले अहिलेको सरकार सापेक्ष रुपमा स्थिर रहेको गुरुङले बताउनुभएको छ । यस्तो परिस्थितिमा तत्काल सरकारमा कुनै फेरबदल नहुने, यदि त्यो अवस्था आएमा सरकारमा रहेका पार्टी नेतृत्वलाई समझदारीपूर्वक निर्णय गर्ने जिम्मेवारी दिइएको महासचिव गुरुङले बताउनुभएको छ ।

महासचिव गुरुङ जाजरकोट भूकम्पपछि रुकुम पश्चिम र जाजरकोटको प्रभावित क्षेत्रको अनुगमन तथा चाइना कम्युनिष्टले उपलब्ध गराएको राहत सामग्री हस्तान्तरणका लागि प्रभावित जिल्ला आइपुग्नुभएको छ ।

सवा करोड रकम बराबरको राहत सामग्री रुकुम पश्चिमको सानीभेरी -१ र आठबिसकोट -१४ तथा जाजरकोटको भेरी -१ र नलगाड -१ गरि दुई जिल्लाका पाँच सय घरपरिवारलाई वितरण गरिने बताइएको छ । ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.