मध्यपहाडी लोकमार्ग: धादिङखण्डमा रोकिएको निर्माण काम पुन: सुचारु
धादिङ- धादिङ-खण्डमा पर्ने राष्ट्रिय गौरवको आयोजना अन्तर्गत पुष्पलाल लोक मार्गको रोकिएको निर्माणको काम पुन: सुरु भएको छ ।
आगामी चैत्र महिनासम्म यो लोकमार्गको १२ किलोमिटर क्षेत्रमा स्तरोन्नतिसहित कालो पत्रे सम्पन्न गर्ने गरी काम सुरु भएको हो ।
अहिले सडक कालो पत्रेका लागि ७० प्रतिशत काम सम्पन्न भइसकेको छ भने सम्पूर्ण खोल्साहरुमा कजवे र सडक छेउमा नाला निर्माणको कामा सम्पन्न गरी कालो पत्रेका लागि सडक सम्याउने काम भइरहेको छ ।
नुवाकोटको भर्याङभुरुङ्ग र धादिङको नेत्रावती गाउँपालिकास्थित कटुञ्जे खण्डमा पर्ने मध्य पहाडी लोक मार्गमा रोकिएको निर्माणको काम थालिएको हो ।
मध्य पहाडका स्थानीयको सुविधाका लागि भन्दै सरकारले वर्षौं अघि निर्माण सुरु गरेको सो सडकको काम विचमा पटक पटक रोकिएको थियो ।
सो सडकको अहिले चौडा बनाउन पहाड काट्ने काम सम्पन्न गरी सडक चौडा मिलाउने, वाल उठाउने र नाला निर्माण लागएत कजवे निर्माणको काम सम्पन्न भइसकेको छ ।
अधिकांश खोल्साहरुमा कजवेहरु निर्माण सम्पन्न भइसकेको छ, भने उकालो सडकमा ढलान गर्ने काम पनि सकिएको छ ।
वर्षा अगावै कालो पत्रेका लागि तयारी भएकोमा वर्षाको समयमा गएको पहिरोका कारण केही स्थानमा समस्या आएको थियो ।
सो सडकको १२ किलो मिटर खण्ड नेत्रावती डब्जङ्ग गाउँपालिकामा पर्दछ । सडक निर्माण सम्पन्न पछि धादिङको उत्तरी क्षेत्रको मध्य भागका स्थानीयलाई निकै सहज हुने भनाइ स्थानीय जनप्रतिनिधिको छ ।
पहिले यहाँ साँघुरा सडक थिए। आवत जावतमा निकै समस्या हुन्थ्यो । वर्षाको समयमा त सवारी साधन नै चल्थेनन। अव सडक निर्माणको कामले तिव्रता पाएसँगै यस क्षेत्रका स्थानीय खुशी छन ।
राजधानी काठमाण्डौँ लगाएत नुवाकोटका बजारहरुमा आवश्यक दैनिक उपभोग्य बसतुहरु ओसारपसारमा यो लोकमार्गले ठूलो टेवा पुर्याउने विश्वास स्थानीयको छ ।
करिव ४३ करोडको लागतमा स्तरोन्नतिसहित निर्माण सुरु गरेको सो सडक यही २०८० सालको चैत्र महिनासम्ममा बनिसक्नेछ ।
सरकाले गौरी पार्वती निर्माण सेवा काठमाण्डौँलाई सो कामको जिम्मा दिएको छ । निर्माणका क्रममा हुने कामको अनुगमन भने नेत्रावती गाउँपालिका लगायतले गर्दै आएका छन ।।
प्रतिक्रिया राख्नुहोस्