रुसी सेनामा पठाउने गिरोहका १२ जना सार्वजनिक

काठमाडौं- रुसी सेनामा भर्ती गराइदिने भन्दै नेपाली नागरिकलाई विदेश पठाउने गिरोहका १२ जनालाई  नेपाल प्रहरीले सार्वजनिक गरेको  छ ।

जिल्ला प्रहरी परिसर, काठमाडौंले बुधबार पत्रकार सम्मेलनमार्फत विभिन्न स्थानबाट पक्राउ परेका १२ जनालाई एकैसाथ सार्वजनिक गरेको हो ।

गिरोहमा दिपेन परियार, क्षितिज गिरी, सुभाष लामा, मनिष न्यौपाने, रोजल महर्जन, हरिबहादुर विश्वकर्मा, ईश्वर अधिकारी, गोकर्ण अर्याल, सुजता दाहाल, सन्तोष अधिकारी, सन्तोष नेपाल र द्रोण डाँगी रहेका छन्।

पीडितहरुको उजुरीका आधारमा उनिहरु पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

सैनिक लगायत अन्य विभिन्न पेसामा विदेश पठाइदिने भनी विभिन्न एजेन्टका फर्म कागजात, राहदानी र व्यक्तिगत विवरण उनिहरुबाट बरामद भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.